नियम ९४
सरकारी सम्पत्तिको जिम्मा र संरक्षण
(१) कार्यालयमा रहेको नगद, बैङ्क मौज्दातको
विवरण, भुक्तानी आदेश, चेक बुक, धरौटी र राजस्वको सख्रेस्ता आर्थिक प्रशासन शाखा प्रमुखको जिम्मामा रहनेछ।
(२) राजस्वको लगत र त्यस सम्बन्धी अन्य कागजात कार्यालय प्रमुखले आफ्नै रेखदेखमा कुनै कर्मचारीको जिम्मामा राख सक्नेछ।
(३) जिन्सी मालसामान तथा तत्सम्बन्धी स्रेस्ता भण्डार शाखा प्रमुखको जिम्मामा रहनेछ।
(४) उपनियम (१) वा (२) बमोजिम कुनै कर्मचारीको जिम्मामा रहेको सरकारी सम्पत्तिको हिनामिना नहुने गरी लगत स्रेस्तासहित त्यसको संरक्षण गर्ने कर्तव्य त्यस्तो सम्पत्ति जिम्मा लिने कर्मचारी र सम्बन्धित कार्यालय प्रमुखको हुनेछ।